logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

खस आर्य सदस्यका उम्मेद्वार निरमुनी मैनाली लाेकप्रिय बन्दै


  • उज्यालो अभियान

जनकपुर – नेपाली कांग्रेसकाे प्रदेश दुई अधिवेशन अन्तर्गत खस आर्य तर्फ प्रदेस सदस्यका उम्मेद्वार निरमुनी मैनाली मतदान स्थलमा लाेकप्रिय देखिएका छन् ।

सर्लाहीको हरिवन निवासी युवा नेता मैनालीले प्रदेश दुई अधिवेशन अन्तर्गत प्रदेश दुई कार्यसमितिको महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका भएपनि विभिन्न कारणले प्रदेश सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा क बाट सर्बाधिक (लोकप्रिय) मत सहित प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित मैनालीले कांग्रेसमा युवाहरुको पहुँच वृद्धि गर्दै पार्टीमा पुनर्जागरण ल्याउनका लागि आफूले उम्मेद्वारीमा दिएकाे बताएका छन् । मैनाली २०५७ देखि २०६४ सालसम्म नेपाल विद्यार्थी संघ सर्लाहीको अध्यक्ष रहेका थिए । उनको कार्यकालमा सर्लाहीमा विभिन्न शिक्षालयमा नेपाल विद्यार्थी संघको ईकाई कमिटीहरु गठन भएको थियो भने सयौं विद्यार्थीहरु नेविसंघमा आवद्ध हुँदै विभिन्न मोर्चामा सहभागि बनेका थिए ।

विद्यार्थी राजनीतिको नेतृत्व पश्चात नेपाल तरुण दलमा समेत काम गरिसकेका मैनालीले पार्टी एवं भातृ संस्थाद्वारा राजधानी काठमाडौं देखि सर्लाही हुँदै मुलुकका विभिन्न स्थानमा आयोजना हुने हरेक क्रियाकलापमा सकृय सहभागिता जनाउँदै आएका छन् । लामो समयदेखि अत्यन्त सकृय ढंगले क्रियाशिल भएपनि मैनालीले पार्टीको संगठनमा उचित जिम्मेवारी भने नपाएको गुनासो यस क्षेत्रका नेता कार्यकर्ताले गर्दै आएका छन् । मैनाली नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका छोरा समेत हुन् ।

अधिवेशन अन्तर्गत आज (विहिबार) बिहानबाट मतदान भईरहेकाे छ ।