मलंगवा – नेपाल चेम्बर अफ कमर्स सर्लाहीको अध्यक्षमा पुनः रामभक्त प्रधान चयन भएका छन् ।
मंगलबार अबेर सदरमुकाम मलंगवामा सम्पन्न चेम्बर सर्लाहीको प्रथम जिल्ला सम्मेलनबाट प्रधान दोस्रो कार्यकालका लागि फेरि अध्यक्षमा चयन भएका हुन् । यस्तै, चेम्बर सर्लाहीको वरिष्ठ उपाध्यक्षमा बैकुण्ठ सापकोटा र सुगन्ध कुमार गुप्ता तथा उपाध्यक्षमा राजन श्रेष्ठ र विकास गोयल चयन भएका छन् ।
एक जना उपाध्यक्ष भने चयन गर्न बाँकी छ । त्यसैगरी, महासचिवमा सुशील चालिसे, उपमहासचिवमा कमलेस साह, सचिवमा रामपृत जैसवाल, कोषाध्यक्षमा पवित्रा घिमिरे मिश्रा लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
चेम्बरको ३७ सदस्यीय कार्य समितिमध्ये ५ जना पछि कार्य समितिले नै मनोनयन गर्ने निर्णय भएको छ ।
नेपाल चेम्बर अफ कमर्सका राष्ट्रिय अध्यक्ष राजेश मल्लको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ लगायतको आतिथ्यता रहेको थियो ।