logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशनको तयारी


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आइतबार (आज) नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढ्ने भएको छ ।

शनिबार लालबन्दीमा निर्वाचन अधिकृतसहित बसेको कांग्रेस नेताहरुको बैठकले आइतबार क्षेत्र नं. १ र २ मा उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्रका क र ख गरेर ८ वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

जस अन्तर्गत क्षेत्र नं. १ को बयलवास र लालबन्दीमा, क्षेत्र नं. २ को मलंगवा र पर्सामा प्रदेश क्षेत्रीय अधिवेशन गर्ने निर्णय भएको निर्वाचन अधिकृत धीरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. ३ र ४ मा भने विवाद देखिएको छ ।

क्षेत्र नं. ३ मा कुन–कुन ठाउँमा प्रदेश अधिवेशन गराउने भन्ने विवाद छ भने क्षेत्र नं. ४ मा बलरा नगरपालिकाको वडा नं. ८ र ९ मा अझै वडा अधिवेशन नै हुन सकेको छैन् ।

३ र ४ नं. क्षेत्रको विवाद मिलाउन आइतबार बिहानदेखि लालबनदीमा छलफल चलिरहेको छ । सर्लाहीमा जतिप्रयास गर्दा पनि सहमती जुट्न नसकेपछि केही वडाहरु, पालिका, जिल्ला र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन नगरी एकैचोटी केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने क्षेत्रीय अधिवेशन गरिएको छ ।

कांग्रेस निर्वाचन समितिले पुस ६ र ७ गते प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि फेरि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो ।