logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माओवादी केन्द्र प्रदेश २ को प्रथम सम्मेलन : लालबन्दीमा भोली बन्दसत्र


  • उज्यालो अभियान

माओवादी केन्द्रको पत्रकार सम्मेलन ।

लालबन्दी – नेकपा माओवादी केन्द्र प्रदेश २ को नेतृत्व चयनका लागि भोली सर्लाहीमा बन्दसत्र हुनेभएको छ ।

पार्टीले आज बिहान लालबन्दीमा पत्रकार सम्मेलन आयोजना गरी भोली लालबन्दी बजारस्थित लालबन्दी पार्टी प्यालेसमा प्रथम प्रदेश सम्मेलनको बन्दसत्र गर्न लागिएको जानकारी दिएको हो । प्रदेश सम्मेलनको उद्घाटन सत्र भने मङ्सिर २५ गते प्रदेश राजधानी जनकपुरमा सम्पन्न भएको थियो ।

भोली लालबन्दीमा हुने बन्दसत्रले नौ पदाधिकारीसहित २७१ सदस्यीय प्रदेश कमिटी र करिव १२० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले उज्यालो अभियानसँग बताए । माओवादी केन्द्रले प्रदेशका केही पालिकामा अझै नेतृत्व टुङ्ग्याउन सकेको छैन् ।

प्रदेश अध्यक्ष बुढाथोकीले आज साँझसम्म सबै पालिकामा नेतृत्व चयनसहित प्रदेश सम्मेलनका लागि प्रतिनिधि चयन भइसक्ने दावी गरेका छन् । माओवादी नेताहरुले भोलीको बन्दसत्रबाट सकेसम्म सहमतीमै प्रदेश कमिटी चयन गर्ने प्रयास भइरहेको बताएका छन् । सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच आज बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ ।

माओवादीको प्रदेश नेतृत्वका लागि अहिलेसम्म उम्मेदवारहरु खुलिसक्नुभएको छैन् । माओवादी केन्द्र प्रदेश २ इन्चार्ज भरत साहले अन्तिम समयसम्म पनि सहमतीबाटै नेतृत्व चयन गर्ने प्रयास हुने पत्रकार सम्मेलनमा बताए ।

सहमतीमै प्रदेश कमिटी चयन गर्न नेताहरुबीच आज बिहानैदेखि लालबन्दीमा छलफल चलिरहेको छ ।