logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रहरीले बरामद गरेको मोटरसाईकल सम्वन्धी धनीलाई जिम्मा लगायो


  • उज्यालो अभियान

हरिवन – प्रहरीले विभिन्न समयमा चोरी भएका मोटरसाईकल बरामद् गरेर सवारी धनीको जिम्मा लगाएको छ ।

मंगलवार एक कार्यक्रमका विच ईलाका प्रहरी कार्यलय हरिवनले आधा दर्जन मोटरसाईकल धनीको जिम्मा लगाएको हो । प्रहरीले विभिन्न समय चोरी भएको मोटरसाईकल नियमित तथा छड्के चेक जाचँको क्रममा बरामद गरेको र मोटरसाईकल धनी पत्ता लगाएर फिर्ता गरिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख एवं प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

उक्त बरामद् मोटरसाईकलको चावी जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईले सम्बन्धीत सवारी धनीलाई हस्तान्तरण गरेका हुन् । जिम्मा लगाईएको मोटरसाईकलमा अनटेस्ट एउटा, प्रदेश २–०२–००३ प, ना ६२ प ७९८६, लु ४५ प २९३६ र प्रदेश ३–०२–३७९८ नम्बर प्लेटको रहेको प्रहरीले जनाएको छ ।

केही समय पहिला मात्र जिल्ला प्रहरी प्रमुखका रुपमा सर्लाही आईपुगेका एसपी कृष्ण प्रसाईले सवारी चोरीका घटना नियन्त्रण, फरार प्रतिवादी खोजी, लगाएतका कार्यमा अभियानकै रुपमा काम सुरु गरेको जनाएका छन् । प्रहरीले अपराधिक घटनामा संलग्न तथा अदालतबाट दोसी ठहर गरेका दर्जनौको संख्यामा फरार प्रतिवादीहरु पक्राउ गरिसकेको छ ।

यसैविच सोही अवसरमा आयोजित अन्तरकृया कार्यक्रम उपस्थित राजनैतिक दलका प्रतिनिधि, समाज सेवी लगायतले समेत सुरक्षा र अपराधका चुनौतीका विषयमा विचार राखेका थिए । कार्यक्रममा बोल्दै एसपी प्रसाईले समाजमा हुने हरेक घटनाहरु कुनै न कुनै रुपमा सामाजिक विकृतीको उपज भएकाले यसको नियन्त्रणमा समाजका सबैको साथ अत्यावाश्यक रहेको बताए ।

समाजका ब्याप्त बनेको लागुऔषध दुर्वेसन र दुर्घटना नियन्त्रण मुख्य चुनौती बनेको भन्दै सहभागिहरुले समेत चिन्ता ब्यक्त गरेका थिए । उपस्थित सबैलाई लागु औषध नियन्त्रणको एक मात्र राम्रो विकल्प भनेको परामर्ष भएकोले अभिभावकहरुले बिषेश निगरानी गर्नु पर्ने उनको भनाई थियो ।

विशेष गरेर प्रहरीले सवारी दुर्घटना न्युनिकरण, लागु औषध ओसार पसार, दुर्वेसनमा योजना नै बनाए र स्थानीय सरकार सगँको सहकार्यमा कामगर्ने गरी तयारी गरेको एसपी प्रसाईले जानकारी दिए । सवारी फिर्ता पाए पछि सवारी धनीहरुले प्रहरीको कार्यको उच्च प्रशंसा सहित धन्यवाद ज्ञापन गरे ।