पत्थरकोट – सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पार्टीका आठ जिल्लाका नेता कार्यकर्तालाई राजनैतिक वैचारिक प्रशिक्षण प्रदान गरेका छन् ।
कार्यक्रममा प्रदेश २ का आठै जिल्लाका पार्टीको जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ भन्ने मूल नाराका साथ महासचिव विप्लवले प्रदेशभरका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेका पार्टीका सर्लाही सेक्रेटरी कमल सुस्लिङले जानकारी दिए ।
विप्लव समूहले पछिल्ला दिनमा सर्लाहीमा आफ्नो राजनीतिक गतिविधि निकै बढाएको छ ।