logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र भइरहेको छ : नेता श्रेष्ठ


  • उज्यालो अभियान

लालबन्दी – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए ।

शनिबार सर्लाहीको लालबन्दीमा आयोजित पार्टीको नगर कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् । श्रेष्ठले कतिपयलाई अहिलेको संविधान नै बढी भएको र नपचेको तर्क गरे ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका शक्तिहरु राजनीतिक परिवर्तनलाई उल्ट्याएर मुलुकमा पुनः राजतन्त्र ल्याउन लागिपरिरहेका आरोप लगाए । पूर्व उपप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता श्रेष्ठले कम्युनिष्ट नामकै शक्तिहरु पनि संविधान र लोकतन्त्रलाई हत्या गर्न उद्धत रहेका बताए ।

उनले पूर्वप्रधानमन्त्री तथा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेर उपलब्धीलाई खोस्ने प्रयास गरेको आरोप लगाए । नेपाली जनताले दशकौँ बालिदानीपूर्ण सङ्र्ष गरेर ल्याएको परिवर्तनको आफूहरुले रक्षा गरिरहेको नेता श्रेष्ठले उल्लेख गरेका छन् ।

उनले पार्टीको नवगठित लालबन्दी नगर कमिटीका पदाधिकारीहरुलाई भ्रष्टाचार, अनियमितता र मिटरब्याजीविरुद्ध खरोरुपमा उत्रन निर्देशन दिए । लालबन्दी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा लेखाराम जर्गा मगरको अध्यक्षतामा सर्वसम्मत चयन भएको ६५ सदस्यीय नगर कमिटीका पदाधिकारीहरुले प्रमुख अतिथि नेता श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् ।