लालबन्दी – काँग्रेसको अधिवेशन गराउन सर्लाहीमा खटाइएका तेस्रो निर्वाचन अधिकृत पनि काठमाण्डौं फर्किएका छन् ।
पार्टीकै दुई समूहबीच पटक–पटक भएको विवाद र झडपपछि बल्लतल्ल अधिकांश वडाहरुमा अधिवेशन गराएका निर्वाचन अधिकृत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार दिउँसो काठमाण्डौं फर्किएका हुन् । निर्वाचन अधिकृत राउतले आफू काठमाण्डौं पुगिसकेको बिहीबार अपरान्ह साँढे ४ बजेतिर उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीसँगको कुराकानीमा बताए ।
दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए । निर्वाचन अधिकृत फर्किएपछि भोलीका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्यौलमा परेको छ ।
ुभोलीको अधिवेशन गराउन शुक्रबार साँझसम्म नयाँ निर्वाचन अधिकृत खटाइएको छैन् ।