logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा काँग्रेसको वडा अधिवेशन हुन सकेन, निर्वाचन अधिृकतमाथि हातपात


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा नेपाली काँग्रेसको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ ।

बिहिवार मध्यान्ह सदरमुकाम मलङ्गवास्थित पाटी कार्यालयमा निर्वाचन अधिकृत दीवाकर राज पाण्डेमाथि काँग्रेसकै एक समूहले हातपात गरेको हो । जिल्ला पार्टी कार्यालयमा मतदान अधिकृत खटाउने विषयमा छलफल भइरहेका बेला निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भएपछि उनलाई मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा लगेर राखिएको छ । त्यहाँ अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

दुई पक्षबीचको विवादले गर्दा निर्वाचन गराउन नसकेपछि यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा बुझाएर गएपछि काँग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो । पाण्डेकै अध्यक्षतामा गएको सोमवार बसेको बैठकले बिहिवार जिल्लाका २० वटै पालिकाका सबै २०० वटा वडामा वडा अधिवेशन गराउने निर्णय गरेको थियो । तर जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषयमा सहमती हुन नसक्दा आज वडा अधिवेशन हुन सकेन् ।

विशेष गरी जिल्लाको क्षेत्र नं. ४ मा ककस्लाई मतदान अधिकृतका रुपमा खटाउने भन्ने विवाद छ ।