logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

शशांकले हरिवनमा भेटे काँग्रेस कार्यकर्ता


  • उज्यालो अभियान

हरिवन नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सोमवार दउँसो हरिवनमा पार्टीका नेता कार्यकर्ताहरुसँग भेट गरेका छन् ।

रौतहटबाट जनकपुर फर्किनेक्रममा महामन्त्री कोइरालाले हरिवनस्थित सम्राट होटलमा केहीबेर यहाँका नेता कार्यकर्ताहरुसँग भेट गरेका हुन् । भेटमा आफूहरुले महामन्त्री कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शेखर काेइराला, प्रकाशमान सिंह, रामशरण महत लगायत समुहबाट सभापतिमा एउटै उम्मेदवार खडा गर्न सुझाव दिएको काँग्रेस सर्लाहीका पूर्व उपसभापति विनोद खनालले जानकारी दिए ।

पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस नेताहरु अहिले देशदौडाहमा छन् ।