बयलवास – सर्लाहीको क्षेत्र नं. १ मा नेकपा एमालेको १० औँ महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छान्ने प्रयास असफल भएको छ ।
आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुन लागेको पार्टीको १० औँ महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न हिजो अबेरसम्म बयलवासमा बैठक बसेको थियो । बैठकबाट सहमतीमा प्रतिनिधि छनौट हुन नसकेपछि ३ सदस्यीय कमिटी गठन गरिएको छ ।
जिल्ला इन्चार्ज कमलादेवी महतो, सहइन्चार्ज बद्री न्यौपाने र जिल्ला अध्यक्ष राजनारायण साह रहेको ३ सदस्यीय कमिटी गठन गरिएको हो । अब यही कमिटीले आज बेलुकासम्ममा ३ जना महाधिवेशन प्रतिनिधि छान्ने छ । क्षेत्र नं. १ बाट २७ जनाले महाधिवेशन प्रतिनिधीमा नाम दर्ता गराएका एमाले नेता गोविन्द महतले जानकारी दिउ ।
एमालेले क्षेत्र नं. २ र ४ मा भने प्रतिनिधि छानिसकेको छ । क्षेत्र नं. ३ को प्रतिनिधि छान्न आज बैठक बोलाइएको छ ।
महाधिवेशनका लागि प्रतिनिधि छान्ने समय आजसम्मको रहेको नेता महतले बताए । सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रबाट ३÷३ जना प्रतिनिधि छानिने छन् ।