logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशन आज नहुने, सहमतीको पहल जारी


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आजका लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।

विवाद देखिएका प्रदेश २ का आठ जिल्लासहित विभिन्न १३ वटा जिल्लामा आजका लागि काँग्रेसको वडा अधिवेशनको मिति तोकिएको थियो । तर सर्लाहीमा भने जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादले वडा अधिवेशन नहुने भएको हो ।

यि दुई गुटबीच निर्वाचन अधिकृतको सचिवालयमा क–कस्लाई राख्ने र वडा स्तरमा निर्वाचन अधिकृतका रुपमा क–कस्लाई खटाउने भन्ने विषयमा विवाद देखिएको छ । दुई पक्षको दबाब खेप्न नसकेर केन्द्रले खटाएको निर्वाचन अधिकृत विनोद कार्कीले हिजो राजिनामा दिएपछि वडा अधिवेशन झनै अन्यौलमा परेको छ ।

वडा अधिवेशन गराउन पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले भने निरन्तर समन्वय गरिरहेका छन् । काँग्रेस निकट पत्रकारहरुले हिजो दिनभर नै दुवै पक्षसँग सम्वाद गरेका थिए । आज पनि दुवै पक्षसँग सम्वाद गरेर अधिवेशन गराउन लिखित सहमती गराउने प्रयास भइरहेको नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले बताए ।

पटक–पटक अधिवेशन स्थगित हुँदा काँग्रेस कार्यकर्ता तथा आगामी नेतृत्वका आकांक्षीहरुले नैराश्यता व्यक्त गरिरहेका छन् ।