हरिवन – माओवादी केन्द्र सर्लाहीको जिल्ला संयोजकको जिम्मेवारी कमल बुढाथोकीले पाएका छन् ।
पार्टीको प्रदेश २ कमिटीको धनुषामा बसेको बैठकले आठवटै जिल्लाको संयोजक तोक्नेक्रममा सर्लाहीको जिम्मेवारी हरिवन निवासी बुढाथोकीले पाएका हुन् । बुढाथोकी यसअघि जिल्ला कमिटीको सचिव थिए ।

यस्तै, पार्टीको सर्लाही जिल्ला सह इन्चार्जको जिम्मेवारी लालबन्दीका लुमडी प्रसाद धिमाल (लोचन) र बयलवासका रामपृत रायले पाएका छन् । माओवादी सर्लाहीको इन्चार्जमा यसअघि देखिनै अच्यूतम काफ्ले छन् ।
तत्कालिन इन्चार्ज डाचाराज वाग्लेको गत वर्ष मूर्तिया जंगलमा रहस्यमय सवारी दुर्घटनामा परेर ज्यान गएपछि काफ्लेले इन्चार्जको जिम्मेवारी पाएका हुन् ।