logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विपन्न परिवारको घर निर्माण गर्न युवा संघको देउसी भैलो कार्यक्रम


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१०, मा ५ घर गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले देउसी भैलो कार्यक्रम चलिरहेको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सर्लाहीको अगुवाई तथा हरिवन नगरपालिका–१० को वडा कमिटीको आयोजनामा देउसी भैलो कार्यक्रम भइरहेको हो । बिहिवार लक्ष्मीपूजादेखि सुरु भएको देउसी भैलो कार्यक्रम शनिवार सम्म चल्ने छ ।

बास नहुनेलाई आवास निर्माण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना भइरहेको राष्ट्रिय युवा संघ नेपाल सर्लाही जिल्ला कमिटीका अध्यक्ष जोनिश पाख्रिनले बताए । कार्यक्रमको व्यवस्थापन एमाले हरिवन–१० को वडा कमिटीका अध्यक्ष रोजन घिसिङ र आयोजक कमिटीका गौतम स्याङतानले गरिरहेका छन् ।