logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

प्रचण्ड पर्सी मलंगवा आउने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा एकपछि अर्को पार्टीका शिर्षस्थ नेताहरुको आगमन भइरहेको छ ।

त्यसैक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पर्सी शनिवार सर्लाही आउने कार्यक्रम तय भएको छ । मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सरिक हुन प्रचण्ड सर्लाही आउन लागेका माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल दुई दिने कार्यक्रम सकेर वुधवार मात्रै फर्किएका थिए भने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरु तीन दिनदेखि सर्लाहीमै छन् । केही दिनअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सोही पार्टीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा सर्लाहीका विभिन्न कार्यक्रममा आएर फर्किएका थिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव एक साता लामो गृह जिल्ला बसाईपछि अघिल्लो हप्ता मात्रै काठमाण्डौं फर्किएका थिए ।