हरिवन – नेपाली कांग्रेस निकट नेपाल तरुण दलकाे ६८ आै स्थापना दिवसकाे अवसरमा सर्लाहीकाे हरिवनमा दिप प्रज्वलन गरिएकाे छ ।
बुधबार साँझ हरिवन बजारमा दिप प्रज्वलन गरिएकाे हाे । कांग्रेस निकट नेपाल विद्यार्थी संघ सर्लाहीका पूर्व अध्यक्ष एवं तरुण दलका नेता निरमुनी मैनालीकाे अगुवाईमा दिप प्रज्वलन गरिएकाे थियाे । कार्यक्रममा पार्टीका नेता एवं युवा पंक्तिहरुकाे उपस्थिती रहेकाे थियाे ।