logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पूर्व प्रधानमन्त्री नेपाल कात्तिक ९ गते सर्लाही आउने (के–के छन् कार्यक्रम ?)


  • उज्यालो अभियान

हरिवन – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल कात्तिक ९ गते सर्लाही आउने कार्यक्रम तय भएको छ ।

पार्टीले कात्तिक ९ र १० गते दुई दिन आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री नेपाल सर्लाही आउन लागेका हुन् । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले शनिवार प्रेस वक्तव्य निकालेर नेपालको दुई दिने जिल्ला बसाईका क्रममा हुने कार्यक्रमबारे जानकारी गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले कात्तिक ९ गते बिहान ९ बजे हरिवनस्थित नगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने, बिहान १० बजे हरिपुरमा बैवाहिक कार्यक्रममा सरिक हुने, दिउँसो १ बजे हरिवन नगरपालिका–५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने र साँझ ६ बजे द्वन्द्वपीडित बालगृह घुर्कौलीका बालबालिकासँग भेट गर्ने कार्यक्रम छ ।

यस्तै, भोलीपल्ट कात्तिक १० गते बिहान कार्यकर्ताहरुसँग अनौपचारिक भेटघाट गर्ने, बिहान ११ बजे लालबन्दी नगरपालिका–१५ र १६ परवानिपुर बोहोरे डाँडामा पुष्पलालको शालिक अनावरण र जिल्ला कमिटीको घोषणा समारोहलाई सम्वोधन, त्यसैदिन दिउँसो ३ बजे लालबन्दी नगरपालिका–५, शान्ति टोलमा महिला संरक्षण गृहको उद्घाटन गर्ने र साँझ ५ बजे सर्लाहीबाट बिदा भएर जाने कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) हरिवनका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।

पार्टीले प्रेस वन्तव्य मार्फत नै पूर्व प्रधानमन्त्री नेपालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रमहरुमा उपस्थित हुन नेता कार्यकर्ताहरुलाई आब्हान समेत गरेको छ ।