मलंगवा – गृहमन्त्री बालकृष्ण खाँड भोली (वुधवार) सर्लाही आउने कार्यक्रम स्थगित भएको छ ।
प्रतिकूल मौसमका कारण गृहमन्त्री खाँड जिल्ला आउने कार्यक्रम स्थगित भएको हो । गृहमन्त्री खाँड भोली सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीको नयाँ बन्ने भवन शिलान्यास गर्न आउने कार्यक्रम थियो ।
निरन्तर झरी परेर मौसम प्रतिकूल बनेकाले तत्कालका लागि शिलान्यास कार्यक्रम स्थगित गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । उनले सामान्य अवस्था भएपछि भवनको शिलान्यास कार्यक्रम तय गरिने बताए ।
यस्तै, गृहमन्त्री एवं आफ्ना पार्टीका नेता खाँड नआउने भएपछि नेपाली काँग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा राखेको कार्यकर्ता भेटघाट कार्यक्रम पनि स्थगित गरेको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले बताए ।