logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीमा एनएमबी बैंकको शाखा स्थापना


  • उज्यालो अभियान

लालबन्दी – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा आइतवार एनएमबी बैंकको शाखा उद्घाटन गरिएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित अमात्य कम्प्लेक्समा बैंकको लालबन्दी शाखा शुभारम्भ गरिएको हो । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, जनप्रतिनिधि, विभिन्न दलका नेता, समाजसेवी, नेपाल प्रहरी लगायतको उपस्थितिमा बैंकको शाखा शुभारम्भ गरिएको शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।

सो बैंकले आजै हरिवन र बरहथवामा पनि शाखा संचालनमा ल्याएको छ ।