बरहथवा – पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साह अहिले आफ्नो क्षेत्रमा आम नागरिकसँग दशैँको शुभकामना साटासाटसहित भेटघाटमा ब्यस्त छन् ।
सर्लाहीको ३ नम्वर क्षेत्रका पूर्व सांसद रहेका साह दुर्गा पूजा आयोजना गरिएको स्थलसँगै विभिन्न गाउँका समाजसेवी, विद्यार्थी, युवा लगायतसँग भेट गर्न ब्यस्त रहेका हुन् ।
पछिल्लो पटकको निर्वाचनमा पराजित भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग बेलाबेलामा यसरी भेटघाट तथा विभिन्न कार्यक्रमहरुमा सरिक हुन आउने गरेका छन् ।
साहले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न किसिमका सहयोग तथा सामाजिक काम समेत गर्दै आएका छन् । साह अझै केही दिन क्षेत्रमै रहेर नागरिकसँगहरु भेट गर्ने उनका सहयोगी रोशन लामाले जानकारी लिएका छन् ।