logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा नेकपा (एकीकृत समाजवादी) पार्टी को नगर कार्यालय उद्घाटन


  • उज्यालो अभियान

हरिवन – नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घाईते पारेको संविधानलाई आफूहरुले वचाएको दावी गरेका छन ।

आइतवार सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौँ संविधान दिवस समारोहमा वोल्दै पार्टीका नेताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले केपी शर्मा ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैशला र आफूहरुको आन्दोलनले व्यँुताएको बताए । उनले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था बचेकाले सबैलाई यही पार्टीमा गोलवन्द हुन आव्हान गरे ।

पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गरेका छन् । हरिवन चौकमा उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आइतवार उद्घाटन भएको नगर सचिव किशोर मिक्चनले बताए ।

यसैविच आजै नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ । वडा नम्वर ५ का अध्यक्ष नागेन्द्र कुमार साह संयोजक, वडा नम्वर ४ का अध्यक्ष धन वहादुर वाईवा सह–संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष चूडामणि वाग्लेले बताए ।

हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सनाखद गरेका थिए ।