logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सगुनको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत उपस्थिति दर्ता कार्य प्रारम्भ


  • उज्यालो अभियान

उपस्थिति दर्ता कार्यको उद्घाटन गर्दै संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल । (तस्बीर : उज्यालो अभियान)

हरिवन, असोज १ – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत उपस्थिति दर्ता कार्यको सुक्रवारबाट शुभारम्भ गरिएको छ ।

केन्द्रीय कार्यालय हरिवन नगरपालिका–११, को सभा हलमा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले पानसमा बत्ती बालेर उपस्थिति दर्ता कार्यको उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं नेपाल बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, संस्थाको वर्तमान कार्य समितिका सचिव राज कुमार उप्रेती, कोषाध्यक्ष विनोद कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सुक्रवारबाट उपस्थिति दर्ता सुरु गरी असोज ६ गते हरिवन–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा अन्तिम भेला आयोजना गरेर साधारण सभा सम्पन्न गरिने सगुन सहकारीका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।

संस्थाले केन्द्रीय कार्यालयसँगै बागमती र लालबन्दीमा रहेको सेवा केन्द्र तथा घुर्कौली, सोल्टी बजार र अत्रौलीमा रहेको वडा कार्यालयहरुमा उपस्थिति दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी एकैपटक भीडभाड नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा साधारण सभाका लागि उपस्थिति दर्ता गराउन सुरु गरिएको संस्थाका प्रवन्धक रानाले बताए ।