logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नेकपा एकिकृत समाजवादी हरिवनको अध्यक्षमा वाग्ले चयन


  • उज्यालो अभियान

नेता वाग्ले ।

हरिवन – नेकपा एकिकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ ।

हरिवन नगरपालिका–९, दनुवारी स्थित प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको निवासमा शुक्रबार दिउँसो भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो । भेलाले उपाध्यक्षमा कर्ण बहादुर लुंगेली, सचिबमा किशोर मिक्चन र सह–सचिबमा सजनि स्याङ्तानलाई सर्बसहमत चयन गरेको समाजवादीका नेता भरतकुमार कार्कीले जानकारी दिए ।

संगठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरु मात्रको नेतृत्व चयन गरिएको र निकट भविष्यमा नगर कमिटीमा पदाधिकारी एवं सदस्यहरु थप्ने पार्टीले जनाएको छ । समाजवादीको अध्यक्ष बनेका वाग्ले स्थानीय तह हुनुअघि केही समय नेकपा एमाले हरिवन नगरकमिटीको अध्यक्ष समेत रहेका थिए । साविक एमालेकाे नगर कमिटीलाई नै एकीकत समाजवादीमा समाहित गरिएकाे वाग्लेले दाबी गरे ।

समाजवादी पार्टीले आगामी आईतबार (भदौ २७ गते) जिल्ला नेतृत्व चयन गर्दैछ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा आयोजना हुने जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरुमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ । शुक्रबारकाे भेलाले जिल्ला भेलामा स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन लगायत कामका लागि युवा संघ नेपालका जिल्ला अध्यक्ष जय गाेलेकाे संयाेजकत्वमा १०१ सदस्यीय समिति गठन, समाजवादी प्रवेश गरेका हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिलाई धन्यवाद प्रकट र प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेतीकाे स्वास्थ्यलाभकाे कामना समेत गरेकाे वाग्लेले जानकारी दिए ।

(क्षमाप्रार्थी छाैं : यसअघि याे समाचारमा युवासंघकाे अध्यक्ष महेश कटुवाल भएकामा त्यसबाट पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं ।)