logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

युवा संघका नेता शाशंकरको जन्मदिनमा हरिवनको साँघुरी भन्ज्याङमा वृक्षारोपण


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका नेता विशाल शाशंकरको जन्मदिनको अवसरमा चुरेक्षेत्रस्थित हरिवन नगरपालिका १ साँघुरी भन्ज्याङमा वृक्षारोपण गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालको घोषित नीति अनुसार नेता शाशंकरको जन्मदिनमा वृक्षारोपण गरिएको राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष जोनिश पाख्रिनले जानकारी दिए ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राम बहादुर क्यापछाकी मगर, वडा नं. ११ का शेष मेहबुब रेजा, एमाले नेता विदुर प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।