logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सगरमाथा आरोही उप्रेतीलाई गरियो हरिवनमा सम्मान


  • उज्यालो अभियान

सगरमाथा आरोही रामशरण उप्रेती(निलो शर्ट) लाई सम्मान पत्र प्रदान गर्दै हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – विश्वकै अग्लो हिमाल सगरमाथा आरोही सर्लाहीको हरिवन नगरपालिका निवासी रामशरण उप्रेती सम्मानित भएका छन् ।

नेपाल स्काउटको सर्लाही जिल्ला अन्तर्गतका पालिका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखहरुको दिक्षान्त एवं पद तथा गोपनीयताको शपथग्रहण समारोहमा उप्रेतीलाई हरिवन नगरपालिकाका कार्यालय र नेपाल स्काउटको हरिवन नगर समितिले सम्मान गरेको हो । हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसार्ईले उप्रेतीलाई सम्मान पत्र प्रदान गरेका थिए । ‘तपाईंले विश्वको सर्बोच्च शिखर नेपालको शान हामी सबैको गौरव सगरमाथाको सफल आरोहण गरेर हामी सर्लाही बासीको प्रतिष्ठा बढाईदिनु भएकोमा हामी हर्षित छौं । तपाईको योगदानको उच्च कदर गर्दै तपाईलाई स–धन्यवाद यो सम्मान–पत्र प्रदान गरिन्छ ।’ उप्रेतीलाई हरिवन नगरपालिका र नेपाल स्काउटद्वारा प्रदान गरिएको सम्मान–पत्रमा उल्लेख छ ।

यो पनि पढ्नोस्

सर्लाहीको हरिवन निवासी उप्रेतीले चुमे संसारकै अग्लो स्थान सगरमाथाको चुचुरो

शनिबार मध्यान्ह सम्राट पार्टी प्यालेस हरिवनमा आयोजित एक कार्यक्रममा जिल्लाभरका विभिन्न नगरपालिकाका मेयर/उपमेयर तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सहित नेपाल स्काउटका राष्ट्रिय अध्यक्ष, निर्देशक, प्रदेश दुई अध्यक्ष सहित जिल्लाभरका स्काउटरहरुको सहभागिता रहेको थियो । आफ्नो जन्मथलोमा अग्रजहरुको सामुन्ने सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको सगरमाथा आरोही उप्रेतीले उज्यालो अभियानलाई बताए ।

हरिवन नगरपालिका–८ चापिनी निवासी उप्रेती गत जेठ ९ गते आईतबार बिहान साँढे ५ बजे ८ हजार ८४८ दशमलब ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा चुमेका थिए ।

हेर्नोस् उप्रेतीले सगरमाथा आरोहण गर्दा बनाएको भिडियो