logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

समाजसेवी खनाल सुतिरहेकै अवस्थामा मृत भेटिए


  • उज्यालो अभियान

स्व. सरोज खनाल

हरिवन – सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृहका संचालक एवं समाजसेवी सरोज खनाल मृत अवस्थामा फेला परेका छन् ।

बरहथवा नगरपालिका–१६, गंगापुर पुख्र्यौली घरभई हरिवनस्थित सुखेपोखरीमा बाल अनाथाश्रम संचालन गर्दै आएका ५३ वर्षीय खनाल धादिङमा आफ्नै कोठामा सुतेकै स्थानमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

सर्भिस फर पिस नेपालका महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही दिनदेखि त्यहाँ बस्दै आएका थिए । खनाल बिहिवार बिहान सुतेकै अवस्थामा मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।

सामाजिक विकासका विभिन्न कार्यमा संलग्न स्वर्गिय खनाल नेपाली कांग्रेसका नेता विनोद खनालका सहोदर भाई हुन् । खनालको मृत्युपछि सर्लाही र काठमाण्डौंमा रहेका उनका आफन्तहरु अहिले धादिङ पुग्नेक्रम चलिरहेको छ ।

खनालको शव पोष्टमार्टमका लागि धादिङ जिल्ला अस्पतालमा राखिएको छ । खनालको मृत्युपछि सर्भिस फर पिसका अध्यक्ष समेत रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि अहिले धादिङ आउँदै छन् ।