logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

माओवादी केन्द्र बागमती–१२, को वडा कमिटि गठन


  • उज्यालो अभियान

सरिता सापकोटा, बागमती–माओवादी केन्द्रको बागमती नगरपालिका–११, को वडा कमिटि गठन भएको छ ।

शनिवार बागमती नगरपालिका–११, स्थित सामुदायिक बनको सभाहलमा आयोजित भेलाले वडा कमिटि गठन गरेको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निवर्तमान वडाध्यक्ष हरि प्रसाद पुडासैनिको अध्यक्षतामा २९ सदस्य वडा कमिटि गठन गरेको छ । वडा कमिटिको सचिवमा उत्तम कुमार आचार्य र अन्य सदस्यमा चयन भएका भएका छन् ।

यसैविच सोही भेलाले अम्बिका अधिकारीको अध्यक्षतामा ३५ सदस्य अखिल नेपाल महिला संघको वठा कमिटि गठन गरेको छ । सघंको उपाध्यक्षमा पुर्ण कुमारी दहाल, सचिवमा हिरामाया लोप्चन र कोषाध्यक्षमा मुना लायो मगर चयन भएका संघले जनाएको हो । अन्य सदस्यमा चयन भएका छन् । भेलाले घनश्याम थापाको संयोजकत्वमा २२ सदस्य सल्लाकार समिति समेत गठन गरेको छ । सोही भेला मार्फत विभिन्न पार्टी परित्याग गरेर कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका केन्द्रले दावी गरेको छ ।

यस्तै बागमती नगरपालिकामा १२ वटा वडा मध्य ११ वटा वडामा संगठन विस्तारको कार्यक्रम सम्पन्न भईसकेको माओेवादी केन्द्रले जनाएको हो । केन्द्रको बागमती नगरपालिका–१, मा कुमार बुडाथोकी, २ नम्बर वडामा टेक बहादुर बल, ३ नम्बर वडामा लाल कुमार लामा, ४ नम्बर वडामा मंगल सिंह लामा, ५ नम्बर वडामा बुद्धि बहादुर तुम्सिङ, ६ नम्बर वडामा पुष्प खड्का, ७ नम्बर वडामा राजन घिसिङ, ९ नम्बर वडामा रविन्द्र ठकुरी, १० नम्बर वडामा गोमा लामा, ११ नम्बर वडामा हरि प्रसाद पुडासैनी र १२ नम्बर वडामा सन्त बहादुर लालमाको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । नगरको ८ नम्बर वडामा भने गठन हुन बाँकी रहेको छ ।

बागमती १२ को अखिल नेपाल महिला संघको अध्यक्षमा कमला सिङतान चएन भएकी छन् । सिङतानको अध्यक्षतामा ३५ सदस्य समिति गठन भएको केन्द्रले जनाएको हो । यसैविच निवर्तमान वडा कमिटि अध्यक्ष पुडासैनीको अध्यक्षतामा सम्पन्न भेलाको विशिष्ठ अतिथिमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप मेयर लिला कुमारी मोक्तान, अतिथिहरुमा भुवन निरौला, बद्रि प्रधान, रामहरी कोईराला, कुमार तुम्सिङ, जगत बहादुर थापा, प्रदिप आचार्य, घनश्याम थापा, भरत महत, बद्रि कुमार खड्का, कविराज खड्का, भिमसेन थापा लगाएत रहेका थिए ।