सांकेतिक तस्बिर ।
हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शनिवार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, बस्ने मोहम्मद फुदिन राईनका छोरा १८ वर्षीय जुमराती राईनको ज्यान गएको हो । राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
शनिवार दिउँसो सबा ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।
मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।