मलंगवा – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीले सुक्रवार साँझ सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
दल विभाजन अध्यादेशको विरुद्धमा प्रदर्शन गरिएको अनेरास्ववियूका नेता युवराज आचार्यले जानकारी दिए । मलंगवा नगर परिक्रमापश्चात बाल मन्दिर अगाडि आयोजित कोण सभालाई आचार्यसहित समिमबाबु खान, जोनिस पाख्रिन र शिवहरि गौतमले सम्वोधन गरेका थिए ।
विद्यार्थी नेताहरुले रानिगन्जकी किशोरी प्रियंका भुजेलको घटना र दार्चुलामा जयसिंह धामीको तुइँन चुँडिएर ज्यान गएको घटनाको समेत छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा ३÷४ जना विद्यार्थी नेता सामान्य घाईते भएका नेता आचार्यले बताए ।
दल विभाजन सम्वन्धी अध्यादेश ल्याइएको विरोधमा अनेरास्ववियूले केही दिनदेखि सदरमुकाम मलंगवामा दैनिकजसो प्रदर्शन गर्दै आइरहेको छ ।