logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बरहथवामा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवामा सुक्रवार अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक अवस्था अनुसार आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराएको हो । कार्यक्रममा ५ वटा ट्राइ साइकल, ५ वटा ह्वील चेयर, १२ जोर बैशाखी, २ वटा श्रवण यन्त्र र ५ वटा सेतो छडी प्रदान गरिएको नगरपालिकाको कानूनी सल्लाहकार महेश बरालले जानकारी दिए ।

अपाङ्ग समन्वय समिति बरहथवाका अध्यक्ष राम अयोधी महतोको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण यादव, महिला विकास शाखाकी प्रमुख सचिता गिरी, कार्यपालिका सदस्य प्रमिला बस्नेत लगायतको उपस्थिति रहेको थियो ।