logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रानिगन्ज किशोरी मृत्यु प्रकरण : स्थानीयद्धारा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको रानिगन्जमा १५ वर्षीया किशोरीको रहस्यमय ढङ्गले मृत्यु भएको विषयलाई लिएर सुक्रवार गाउँलेहरुले जिल्ला प्रशासन कार्यालयमा पुगी प्रदर्शन गरेका छन् ।

उनीहरुले मृतक किशोरीको बलात्कारपछि हत्या भएको दावीसहित घटनामा संलग्नहरुलाई हदैसम्मको कानुनी कारवाही र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

गाउँहरुले पत्रकार सम्मेलन गरी दोषीहरुलाई सार्वजनिक गरी कडा भन्दा कडा कारवाही हुनुपर्ने, शङ्कास्पद व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने, किशोरीको मोवाइल फोनको कल डिटेलका आधारमा पनि अनुसन्धान अघि बढाउनु पर्ने, भिसेरा र पोष्टमार्टम रिपोर्टमा कुनै चलखेल हुन नहुने माग राख्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापन पत्र बुझाएका छन् ।

गएको साउत ३१ गते राती घरबाटै बेपत्ता भएकी लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल बस्ने राजेश भुजेलकी छोरी प्रियंका भुजेल साउन १ गते राती लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा मृत अवस्थामा फेला परेकी थिईन् । प्रहरीले किशोरी बेपत्ता भएपछि शङ्स्कापद लागेर पक्राउ गरेका दुई युवकहरुले नै खोलामा गाडिएको अवस्थामा रहेको शव देखाएका थिए ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

मृतक किशोरीको शव अझै पनि परिवारले बुझिसकेका छैनन् । वुधवार नै पोष्टमार्टम गरिएको शव जिल्ला अस्पताल मलङ्गवामा रहेको छ ।