लालबन्दी – रानिगन्जकी एक किशाेरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
किशाेरीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका छन् ।
साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।