logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दी बजार क्षेत्रमा बिहानैदेखि विद्युत् अवरुद्ध


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – लालबन्दी बजार क्षेत्रमा आज बिहानैदेखि विद्युत् अवरुद्ध छ ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले ‘फल्ट’ पत्ता नलाग्दा विद्युत् सूचारु गर्न समय लागिरहेको उज्यालो अभियानलाई जानकारी दिए । फल्ट पत्ता लगाउन आफूहरु निरन्तर खटिरहेको उनले बताए ।

लालबन्दी मुख्य बजार क्षेत्र र आसपासमा बिहान १० बजे अघिदेखि नै बत्ती अवरुद्ध भएको हो । घण्टौंदेखि विद्युत् नहुँदा बिजुलीबाट हुने काम ठप्प भइरहेको छ ।