हरिपूर्वा – अविरल वर्षाका कारण सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका वडा नं. १ मा एक अतिविपन्न दलित परिवारको घर भत्किएको छ ।
स्थानीय सुखर पासवानका छोराहरु राजकरण पासवान, बद्री पासवान र सिनेही पासवानको संयुक्त घर मंगलवार बिहान ११ बजेतिर वर्षाको पनीले भत्किएको हो । घर भत्किएपछि पासवान परिवार अहिले बिचल्लीमा परेका छन् ।
काठको दुई तले घर भत्किएर त्यसभित्र रहेका अन्न, कपडा, भाँडा लगायतका सरसामग्री नष्ट हुँदा ३ लाख बराबरको क्षति भएको पीडित परिवारलाई उद्वृत गर्दै हरिपूर्वाका स्थानीय संचारकर्मी मुकेश झाले जनाएका छन् । घर भत्किएको समयमा भित्र रहेका मानिसहरुले भने भागेर ज्यान जोगाएका छन् ।