logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मर्मतका लागि सर्लाही जिल्लाभरको विद्युत् अवरुद्ध


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – चन्द्रनिगाहपुरबाट आउने मुख्य प्रशारण लाईन मर्मतका लागि सर्लाहीमा आज बिहानैदेखि बिजुली बत्ती काटिएको छ ।

मुख्य लाईनको स्वीच र पिन फेर्नका लागि जिल्लाभरकै बत्ती काटिएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिए । उनले बिहान साँढे ९ बजेसम्म मर्मतको काम सक्ने गरी बत्ती काटिएको र काम गर्दै जाँदा ढिलो हुन गए बत्ती आउन केही समय लाग्ने बताए ।

तत्काल बद्ली नगरे पछि समस्या आउँदा पत्ता लगाउन समय लाग्ने भएकाले अहिले नै मर्मतको काम गरिएको वितरण केन्द्र प्रमुख रायले बताए । अहिले पानी परेका बेला बिजुली बत्तीमा लोड घटेको प्राविधिकहरुले बताएका छन् ।

गर्मी लागेपछि पुनः बत्तीको माग बढेर लोड पनि थपिने भएकाले अहिले नै मर्मतको काम गरेर चुस्त दुरुस्त पार्नका लागि बिहान साँढे ६ बजेदेखि बत्ती काटेर मर्मतको काम गरिरहेको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले जानकारी दिए ।

सर्लाहीमा लामो समयदेखि पटक–पटक बत्ती गइरहने समस्याले जिल्लावासी हैरान छन् । बत्ती अनियमित हुँदा उद्योग कलखानासहित सर्वसाधारण नागरिक प्रभावित भइरहेका छन् भने बिजुलीबाट हुने काम ठप्प हुँदै आएका छन् ।