श्रीनगर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा बिहिवार भएको आगलागी पीडितलाई सुक्रवार राहत प्रदान गरिएको छ ।
बिहिवार विद्युत सर्ट हुँदा घर जलेर नष्ट भएको अम्बिका विकको परिवारलाई सुक्रवार सम्मुन्नति कार्यक्रम अन्तर्गत ग्रामीण नारी उत्थान संघ हरिपुरले राहत सामग्री प्रदान गरेको हो ।
३ बालबालिकासहित ७ जना परिवारका सदस्य रहेको विकको परिवारलाई ९ हजार ८ सय ६६ रुपैयाँ बराबरको ओढ्ने ओछ्याउने र भान्साका सामग्री तथा बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गरिएको ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका–१३, का वडाध्यक्ष रामकरण महतोको रोहबरमा अग्नी पीडित परिवारलाई राहत उपलब्ध गराइएको हो ।