नयाँरोड – पत्रकार प्रकाश मैनालीले आफ्नो जन्मदिनको अवसरमा सुक्रवार आश्रममा सहयोग गरेका छन् ।
रेडियो एकताका स्टेशन म्यानेजर, इमेज खबर र हिमालय खबरका सर्लाही संवाददाता तथा नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्य समेत रहेका पत्रकार मैनालीले जन्मदिनको अवसरमा हरिवनस्थित मानव सेवाश्रम नयाँरोड र पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा सहयोग गरेका हुन् । उनले दुवै आश्रमलाई दुई÷दुई थान पंखा सहयोग गरेका छन् ।
सोही अवसरमा इन्भेष्टमेन्ट बैंक लालबन्दीका शाखा प्रवन्धक पवन कुमार साहले मानव सेवाश्रम नयाँरोडलाई एक थान वार्टर डिस्पेन्सर प्रदान गरेका छन् । सहयोग सागम्री हस्तान्तरण कार्यक्रममा पत्रकार मैनाली, रेडियोका अन्य कर्मचारी, इन्भेष्टमेन्ट बैंकका शाखा प्रवन्धकसहित बैंकका पनि अन्य कर्मचारी, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, दुवै आश्रमका संचालक तथा संरक्षक लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, तरुल दल लालबन्दीका नगर सभापति सुदेश ढुंगानाले पनि आफ्नो जन्मदिनको अवसर पारेर सुक्रवार बेलुका पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका वृद्धवृद्धालाई भोजन गराएका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।