logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एकल महिलाको घर युवाले बनाइदिने


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, मा युवाहरुको अगुवाईमा एक जना एकल महिलाका लागि घर बनाउन सुरु गरिएको छ ।

बिहिवार परेको अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर एकल महिला सुनु भुजेलको घर निर्माण गर्ने अभियान सुरु गरिएको वडाध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए । उनका अनुसार भुजेलको पुरानो कच्ची घर भत्काएर तीन कोठे नयाँ पक्की घर निर्माण गर्न सुरु गरिएको हो ।

युवाहरुको श्रमदान र मनकारी व्यक्तिहरुबाट संकलन भएको रकमले एकल महिला भुजेलको घर निर्माण गर्ने लक्ष्य राखिएको वडाध्यक्ष कार्कीले बताए । भुजेलको दयनिय अवस्था देखेर आफूहरु नयाँ घर बनाएर दिने गरी यो अभियानमा लागि परेको युवाहरुले बताएका छन् ।

लालबन्दी ६ मा वडाध्यक्ष कार्कीको अगुवाईमा युवाहरुको जथ्थाले यसरी विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।