logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विद्युत् सर्ट भई घर जल्यो, १० लाख बराबरको क्षति


  • उज्यालो अभियान

गौरीशंकर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा बिहिवार बिहान विद्युत् सर्ट हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

बिहिवार बिहान साँढे ४ बजेतिर स्थानीय ज्ञानबहादुर विकको घरमा आगलागी भएको हो । आगलागीबाट विकको घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा र अन्य सम्पूर्ण सरसामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पीडितले आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।