logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपुरको मजुर्वा बजारमा १ हजार जनालाई मास्क वितरण


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाको ग्रामीण भेगस्थित वडा नं. ५ मा रहेको मजुर्वा बजारमा वुधवार १ हजार जनालाई मास्क वितरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल मास्क अभियान अन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल नामक संस्थाले वडा कार्यालयसँग समन्वय गरी व्यापारी र बजार गर्न आएका मानिसहरुलाई मास्क वितरण गरेको हो । वडाध्यक्ष मन्सुर अन्सारीको रोहबरमा स्थानीयहरुलाई मास्क लगाउने तरिका, मास्क लगाउनु पर्ने कारण र यसको महत्वका विषयमा सचेत समेत गराएको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।

संस्थाले वडा र पालिकाहरुसँग समन्वय गरी २९ गतेसम्म मास्क वितरण र सचेतना अभियान संचालन गरिने विश्वकर्माले बताईन् ।

विज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका बेला सर्लाहीमा भने अधिकांशले मास्क लगाउन छाडिसकेका छन् भने स्वास्थ्य मापदण्डको पालना भइरहेको छैन् ।