logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दी र मलंगवा वितरण केन्द्रमा बत्ती सूचारु, बरहथवा क्षेत्रमा अझै अवरुद्ध


  • उज्यालो अभियान

सांकेतिक तस्बीर ।

लालबन्दी – सर्लाहीमा रातभर अवरुद्ध विद्युत् अहिले बिहानबाट सूचार भएको छ ।

लालबन्दी र मलंगवा वितरण केन्द्रको बत्ती सूचारु भएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले दिए । रायका अनुसार बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भने अहिले बिहानसम्म पनि बत्ती सूचारु भइसकेको छैन् ।

गएसाँझ रौतहटको पौराही जंगलमा पानी परिरहेकै बेला बिजुलीको पोलमा कनेक्सन छुट्दा जिल्लाभरी नै रातभर विद्युत अवरुद्ध भएको हो । पोलैपिच्छे खोज्दै जानुपर्दा विद्युत् सूचारु गर्न समय लागेको वितरण केन्द्र प्रमुख रायले बताए । उनले राती २ बजेसम्म लगाएर मर्मत गरी विद्युत् सूचारु गरिएको तर र पुनः समस्या आएपछि कर्मचारी खटाएर मर्मतको काम गरिएको जानकारी दिए ।

रायकै अनुसार नयाँरोडस्थित नहर हुँदै बरहथवातर्फ लगिएको लाईनमा फल्ट आउँदा अहिले बरहथवा वितरण केन्द्रमा बत्ती अवरुद्ध भएको हो । अत्यधिक गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्लाहीवासी वाक्कदिक्क भइसकेका छन् ।

अहिले ढल्केबर सवस्टेशनको ट्रान्सफर्मर जल्दा विद्युत् आपूर्तिमा झनै समस्या थपिएको प्राविधिकहरुले बताएका छन् ।