प्रतिकात्मक तस्बीर ।
चन्द्रनगर – चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा बिहिवार दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
भारतको सीतामढी पर्सा टोल घरभई हाल मोहनपुरस्थित मामा घरमा बस्दै आएकी तीन वर्षीया बालिका मेहनाज खातुनको स्थानीय सोगारथ रायको पोखरीमा डुबेर मृत्यु भएको हो ।
बालिका बिहिवार दिउँसो १ बजेतिर आमा सकिला खातुनसँग कपडा धुने र नुहाउने क्रममा पोखरीमा डुबेकी हुन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।