प्रतिकात्मक तस्बिर ।
हरिपुर – हरिपुर नगरपालिका–४, हरैयामा पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ ।
स्थानीय ३० वर्षीय उपेन्द्र माझी मुसहरको घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर ज्यान गएको हो ।
मंगलवार राती पौने ९ बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका माझीको वुधवार बिहान साँढे १० बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।