logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न ट्याक्टर चढेर नारायण खोला पुगे कर्मचारी


  • उज्यालो अभियान

फाइल तस्बिर ।

नारायणखोला – सर्लाहीको सबै भन्दा दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा राष्ट्रिय परिचय पत्र वितरणका लागि कर्मचारी पु¥याइएको छ ।

खोलामा बाढी आएर बस र मोटरसाइकल नचल्ने भएकाले ट्याक्टरमा राखेर कर्मचारी र राष्ट्रिय परिचय पत्र वितरण गर्न आवश्यक पर्ने सामग्री त्यहाँ पु¥याइएको हो । नारायण खोलाको केन्द्र मोटरदोभानमा हिजो (आइतवार) पुगेका कर्मचारीले आज (मंगलवार) देखि विवरण संकलनको काम सुरु गर्ने वडा सचिव हस्तबहादुर रेग्मी मगरले उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए ।

मगरका अनुसार हिजो (आइतवार) दुई जना अपरेटरलाई मोटरदोभानमै राखिएको छ भने आज (सोमवार) लालबन्दीबाट थप एक जना अपरेटर लाने तयारी भइरहेको छ । करिव एक हप्ता मोटरदोभानमा बस्ने शिविर त्यसपछि नारायण खोलाकै डाइनी खोलामा सारिने छ ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न वडाध्यक्ष सुबाई सिंह ब्लोन, वडा सचिव मगर, स्थानीय विद्यालयका प्रधानाध्यापक र अपरेटर कर्मचारी खटिने छन् ।

वडा सचिव मगरका अनुसार नारायण खोलामा नागरिकता प्राप्त गरेका झण्डै २५ सय जनाको राष्ट्रिय परिचय पत्र वितरणका लागि विवरण संकलन गर्ने लक्ष्य छ । नारायण खोलामा केही साताअघि व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्दा पनि कर्मचारी र आवश्यक उपकरण ट्याक्टरमै हालेर लगिएको थियो ।