अत्रौली – हरिवन नगरपालिका–२ वाट प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।
विहिवार साँझ हरिवन नगरपालिका– २ अत्रौली खोलाबाट बा. ५२ प.१९३२ नं को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा ७७ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ७७ किलोको प्लाष्टिकको बोरामा लागु औषध गाजा सहित हरिवन नगरपालीका– २ वस्ने वर्ष अन्दाजी ३० बर्षका अशोक कुमार लामालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बुढथोकीले बताए ।
उनिसंगै रहेका अन्य ३ जना भने फरार भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र लामालाइ आवश्यक कार्बाहीको लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ ।