logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डिभिजन वनको वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – डिभिजन वन कार्यालय सर्लाहीबाट सम्पादित कार्यक्रमको वार्षिक प्रगति समिक्षा बैठक बिहिवार सम्पन्न भएको छ ।

लालबन्दीस्थित वनको कार्यालयमै जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा वार्षिक प्रगति समिक्षा बैठक सम्पन्न भएको हो । बैठकमा डिभिजन वन प्रमुख माधव प्रसाद देवले आर्थिक वर्ष २०७७÷०७८ मा संचालन भएका वार्षिक कार्यक्रमहरुबारे जानकारी गराए ।

उनले स्वीकृत वार्षिक कार्यक्रमबाट भवन निर्माण, जिल्लाभित्र गरिएको वृक्षारोपणसँगै त्यसको संरक्षण र व्यवस्थापन, विरुवा उत्पादन, यहाँका वन जंगलको अवस्था लगायत सम्पन्न गरिएका कार्यक्रमबारे प्रष्ट्याएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको विशिष्ट आतिथ्यता रहेको बैठकमा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप–निर्देशक दिलिप कुमार सिंह, नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, माओवादी केन्द्रका जिल्ला सचिव कमल बुढाथोकी, अन्य राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष माधव सरकार, महासंघकै केन्द्रीय सदस्य कृष्ण गौतम लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सहभागीहरुले चोरी तस्करी, काठ दाउराको वितरण, हात्ती, बँदेल, निलगाईजस्ता जंगली जनावरको आतंकलगायतबारे चासो र चिन्ता व्यक्त गरेका थिए ।