logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न


  • उज्यालो अभियान

हरिपुर – हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले वर्षभरी संचालन गरेका कार्यक्रमहरुको मंगलवार वार्षिक समिक्षा गरेको छ ।

संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी, कर्मचारी, संचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थितिमा वार्षिक समिक्षा बैठक सम्पन्न गरिएको हो । संस्थाले अहिले सेभ द चिडे«न र एसएनभी नेपालसँगको साझेदारीमा जिल्लाका विभिन्न पालिकाहरुमा कार्यक्रम संचालन गरिरहेको छ ।

हरिपुर र ईश्वरपुर नगरपालिकामा सेभसँगको सहकार्यमा बाल संरक्षण, शिक्षा, स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाका सचिव सूर्य चालिसेले जानकारी दिए । यस्तै, एसएनभी नेपालसँगको साझेदारीमा दक्षिणी भेगका पर्सा, कौडेना, चन्द्रनगर र रामनगर गाउँपालिकामा स्वच्छता, सरसफाई, खानेपानी र अहिलेको महामारी कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्दै आइरहेको संस्थाले जनाएको छ ।

हरेक वर्ष झैँ सरोकारवारवालाहरुलाई उपस्थित गराई यस आर्थिक वर्षको गत साउन १ गतेदेखि अहिले असार मसान्तसम्म संचालन गरिएका कार्यक्रमहरुको समिक्षा गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले बताए ।