हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८ ले मंगलवार वडाभित्रका ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक÷एक थान साइकल वितरण गरेको छ ।
न्यून पारिश्रमिकमा निस्वार्थ भावनले गाउँ टोल स्तरमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वयंसेविकाहरुलाई हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको वडाध्यक्ष यज्ञविनोद ढुंगेलले जानकारी दिए ।
वडा कार्यालय परिसरमा वडाध्यक्ष ढुंगेलकै अध्यक्षता तथा मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपमेयर रेणुका पौडेल, नगरपालिकाका उपसचिव नवराज निरौला, स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह लगायतको उपस्थिति रहेको थियो ।