logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बागमतीमा मकैबारी भित्र सडिसकेको अवस्थामा पुरुषको शव बरामद्


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बागमती – सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ नयाँबस्तीमा मंगलवार मकैबारी भित्र सडिसकेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

शव सडेर महिला की पुरुष भन्ने छुट्याउन समेत गाह्रो परेकाले चिकित्सक ल्याएर पुष्टी गर्दा पुरुषको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधव प्रसाद बुढाथोकीले उज्यालो अभियानसँग बताए ।

मकैबारी भित्रबाट कुनै वस्तु मरेर सडेको जस्तो गन्ध आएपछि स्थानीय गएर हेर्दा मानिसको शव देखेका थिए । त्यसपछि स्थानीयबाट प्रहरीमा खबर आएको डीएसपी बुढाथोकीले बताउनुभयो । उहाँले शवको पहिचान खुलाउने प्रयास गरिरहेको जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।