प्रतिकात्मक तस्बिर ।
मधुवनी – दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिका–३, मधुवनगोठमा हिजो (सुक्रवार) अपरान्ह पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
गोडैता नगरपालिका–२, का ३५ वर्षीय जयकरण मुखिया बिनको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीको डिलमा बसेर माछा मारेको हिरिरहेका मुखिया अचानक लड्दा पोखरीमा डुब्नु भएको प्रहरीले जनाएको छ ।
माछा मार्ने ठूलो जाल हालेर मृतक मुखियाको शव बाहिर निकालिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, मलङ्गवा ल्याइएको छ ।